माइतीघरमा कुलमान समर्थकमाथि प्रहरीको लाठी प्रहार – Janadesh Daily | ePaper

माइतीघरमा कुलमान समर्थकमाथि प्रहरीको लाठी प्रहार


जनादेश, काठमाडौँ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट चार वर्षे कार्यकाल सकेर बिदा भएका कुलमान घिसिङलाई पुन नियुक्त गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा उत्रीएका युवामाथि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको छ । घिसिङलाई कार्यकारी निर्देशक रुपमा पुनर्नियुक्ति गर्न माग गर्दै युवालगाएत अन्य व्यक्तिहरुले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए । घिसिङले नेपाललाई लोडसेडिङ मुक्त गरेका थिए । यसअघि दैनिक १८ घण्टा लामो लोडसेडिङ हुँदै आएको थियो ।

घिसिङकै नेतृत्वमा लोडसेडिङ मुक्त र घाटामा रहेको विद्युत प्राधिकरण समेत नाफामा आएपछि उनलाई पुनर्नियुक्ति गर्न जनत लागि परेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्