जनादेश, काठमाण्डौ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएको छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बस्नुभएको छ ।
सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परिक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिनुभयो ।
देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ ।
यस अघि कांग्रेस महामन्त्री शशांक कोइराला पनि कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत हुनुहुन्छ ।