जनादेश, काठमाडौं ।
जनता समाजवादी पार्टीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपील गरेका छन् ।
डा केसीलाई भेट्न बुधबार शिक्षण अस्पताल पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध अनशन बसेका डा. केसीको स्वास्थ्यलाई ख्याल गरेर सरकारलाई आँखा खोल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा भेटेको तस्विर सार्वजनिक गर्दै भट्टराईले अरूको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनशनरत डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएकोले उनका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।
अरूको स्वास्थ्यकालागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा. गोेविन्द के सी को स्वास्थ्य गम्भीर बन्दैछ! १९औं सत्याग्रहको १७औं दिनसम्म राज्यले वहाँको जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिवारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो! @kpsharmaoliसरकार आँखा खोल! @SaveDrKC pic.twitter.com/plNFp0gRCq
— Baburam Bhattarai (@brb1954) September 30, 2020
डा केसीले १९औं अनशन जुम्लाबाट सुरु गरेका थिए । तर स्वास्थ्य अवस्था विग्रिँदै गएपछि नेपालगञ्ज हुँदै काठमाडौं आएर टिचिङमा अनशनरत छन् ।
बाबुरामले विहीबार विहान फेसबुकमा फोटो सार्वजनिक गर्दै लेखेका छन्, “जनताको स्वास्थ्यनिम्ति आफ्नो स्वास्थ्य जोखिममा राख्ने डा. गोविन्द के सी लाई बचाऊँ! कुम्भकर्ण निद्रामा रहेको सरकारलाई सबैले दबाब दिऊँ!”
विहीबार डाक्टर केसीको अनशनको १८औँ दिन पुगेको छ । सरकारले उनीसँग वार्ता गर्ने विषयमा चासोसमेत देखाएको छैन ।
यो पनि हेर्नुस्-
एकाविहानै बाबुराम भट्टराईको आक्रामक ट्वीटः ‘राष्ट्रवाद’माथिको क्रूर ब्यंग्य!
बाबुराम भट्टराईलाई सूर्यथापाको चुनौतिः प्रधानन्त्रीको अगाडि यस्तो बोल्न सक्नु हुन्छ ?
बाबुराम भट्टराईको प्रस्तावः जनताको पीडा नबुझ्नेहरुको तलबभत्ता रोकौं