१३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी दिइएको हो । यही अवधिमा काठमाडौं उपत्यकामा थप १४ सय ३ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुर जिल्लामा ३ सय ५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । दशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।
सक्रिय संक्रमित मध्ये १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन् । त्यसैगरी संक्रमितमध्ये तीन सय पाँचजना आइसियूमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै गत चौबीस घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ । देशमा कुल संक्रमितमध्ये ६८ दशमलव ६ प्रतिशत निको भएको मन्त्रालयको भनाई छ ।
आज कोरोना भाइरस संक्रमण निको भई २१ सय ७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ रहेको छ ।
यस्तै आज सम्म २ लाख २१ हजार ३८ नमूनाको पिसिआर परीक्षण भएका मन्त्रालयले जनाएको छ ।।