जनादेश, काठमाडौँ ।
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसोलाई बिर्सन नहुने बताएका छन् ।
‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ, अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौंसनकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्अ, गाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं, दुबैसॅग लडेर अघिजाने साहस गरौं,’ उनले लेखेका छन् ।
युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!
— Baburam Bhattarai (@brb1954) November 28, 2020