जनादेश, काठमाडौं ।
इजिप्टमा पिरामिडको पृष्ठभूमिमा फोटोशुट गरेकी एक मोडल र उनका फोटोग्राफरले जेल सजाय भोग्नु परेको छ । सामाजिक संजालमार्फत फोटो सार्वजनिक भएपछि इजिप्टमा चर्को आलोचना भएको थियो ।
मोडल सलमा अल शिमीका तस्वीरहरु ‘उत्तेजक र आपत्तिजनक’ भएको बताउँदै धेरै जसो मानिसले शिमी र फोटोग्राफर हौसम मोहम्मदको आलोचना गरेका थिए । उक्त फोटोशुटका कारण पक्राउ परेकी ती मोडललाई एक हप्ता हिरासतमा राखेर छाडिएको छ । सो फोटोशुट कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा खिचिएको थियो ।