जनादेश, काठमाडौँ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मिल मालिक र सरकारबीचको मिलिभगत र लापर्वाहीका कारण उखु किसानले दुस्ख पाएको बताएका छन् ।
सामाजिक सञ्जालमामा ट्वीट गदै पौडेलले किसानहरुको मागप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गरेका छन् ।
‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलीभगत र लापर्बाहीको शिकार बनेका किसानहरुप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्वान गर्दछु ,’ उनले लेखेका छन् ।