जनादेश सोसल मिडिया वाच ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महाभियोग लगाउनुपर्ने बताएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश ल्याएर प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको हुर्मत लिएकाले उनका गतिविधि टुलु टुलु हेरेर बस्न नहुने बाबुरामको स्पष्ट मत छ । महाभारतका दुर्योधनले द्रौपदीको चीरहरण गरेझैं संविधान र लोकतन्त्रको हुर्मत लिएको डा. भट्टराईको ठहर छ।
सामाजिक सञ्चालमा भट्टराले सबैलाई प्रश्न गरेका छन्- अब बैठक/वक्तव्यबाजी/गनगन गरेर मात्रै बस्ने कि ओलीका थप हर्कत रोक्न बेलैमा संसद् अविधेशन र महाभियोगतर्फ लाग्ने ?
‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक/वक्तव्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो?’ बाबुरामको प्रश्न छ ।
महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोग तर्फ लाग्ने हो?
— Baburam Bhattarai (@brb1954) December 15, 2020
संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश जारी भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली फेरि विवादमा तानिएका छन् ।
संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भएपछि मंगलबार ‘आकस्मिक‘ बसको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।
सरकारले सिफारिस गरेको संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपतिबाट जारी भएसँगै नेपालको राजनीतिले नयाँ मोड लिएको छ ।