जनादेश, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीकी नेत्री रामकुमारी झाँक्रीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न सफल भएको बताउँदै प्रधानमन्त्री केपी शमा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई बधाई दिएकी छन् । संसद विघटन भएसँगै उनले सामाजिक सन्जालमा आक्रोश पोख्दै सो अभिव्यक्ति जनाएकी छन् ।
जनताले लडेर ल्याएको व्यवस्थामा बाघको छालामा स्यालको रजाईं भएको बताउँदै यो भन्दा मर्माहत क्षण अरू हुन नसक्ने झाँक्रीले बताएकी छन् ।
‘यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले’, उनले लेखेकी छन् ‘वधाई छ विधा र केपी ओलीलाई।’
आउनुस लोकतान्त्रिक गणतन्त्रको लागि एक पटक फेरी लडौं।
केपी ओली र विधा भण्डारीलाई बघाई दिउ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा।— Ram kumari Jhakri (@Jhakri_didi) December 20, 2020
यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले।
वधाई छ विधा र केपी ओलीलाई।— Ram kumari Jhakri (@Jhakri_didi) December 20, 2020