जनादेश, काठमाण्डौ । काठमाडौं उपत्यकामा थप तीनजनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंमा दुई र ललितपुरमा एकजनामा कोरोना संक्रमण भएको जनाएको छ ।
न्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १ सय ८६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
देशभर संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ । संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।