जनादेश, काठमाडौं ।
कुनै बेला बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले अब नेपाली राजनीतिमा सक्रिय हुने संकेत गरेकी छिन् । राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी कोइरालाले मंगलबार एउटा अभियानको घोषणा गर्ने तयारी गरेको छ ।
कार्यक्रममा उपस्थित हुन उनले फेसबुक र ट्वीटरबाट सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेत लगायतले हस्ताक्षर गरेका छन् ।
मनिषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी छिन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ उनले ट्विटरमा लेखेकी छिन्।
आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौँ पृथ्बीनारायण शाहप्रति। पुस २१ गते दिउँसो १ बजे, होटल यलो प्यागोडामा पत्रकार सम्मेलन र पुस २७ गते सार्वजनिक कार्यक्रम सिंहदरबार अगाडि।🙏🏻🙏🏻🙏🏻 pic.twitter.com/EHvsLNCeM8
— Manisha Koirala (@mkoirala) January 4, 2021
अभिनेत्री कोइरालाको एउटा समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी पनि गरिरहेको बुझिएको छ।
कोइराला निकट स्रोतका अनुसार उनी पछिल्लो केही दिनयता विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, लेखक, पत्रकारसँग ‘परामर्श’मा छिन ।
मनीषाले लामो समयदेखि राष्ट्रियताको पक्षमा वकालत गर्दै आएकी छिन् । कोइराला परिवारकी भएका कारण मनीषालाई राजनीतिमा आउने रहर जागेको हुन सक्ने अनुमान गरिएको छ ।