आजको मौसमः कहाँ वर्षा, कहाँ हिमपात, यस्तो छ भविष्यवाणी – Janadesh Daily | ePaper

आजको मौसमः कहाँ वर्षा, कहाँ हिमपात, यस्तो छ भविष्यवाणी


जनादेश, अपडेट ।

हिजोदेखि बदलिएको देशभरको मौसम आजपनि त्यस्तै रहने भएको छ । आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आन देशभर सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै बागमती र प्रदेश नम्बर १ का पनि एक वा दुई स्थानमा आज हल्का वर्षा हुने सम्भावना छ। तर काठमाडौंमा हुने सम्भावना कम छ ।

राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई् सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न. १ को भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भई हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

तीन दिनको मौसमी पूर्वानुमान

पुस २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न. १ को भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

पुस २२ गते (बुधबार)

दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस २३ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश न १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्