संसद विघटनको अदालती सुनुवाई अघि गगनले सुवास नेम्वाङलाई यो के भने – Janadesh Daily | ePaper

संसद विघटनको अदालती सुनुवाई अघि गगनले सुवास नेम्वाङलाई यो के भने


जनादेश सोसल मिडिया वाच ।

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतमा सुनुवाई हुँदै गरेको संसद विघटनसम्बन्धि मुद्धामा न्याय मिल्ने अपेक्षा व्यक्त गरेका छन् ।

बुधबार अदालती सुनुवाई सुरु हुनु अघि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गगनले संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङलाई सम्झिएका छन् ।

आफैले बनाएको संविधानको जमेर प्रतिरक्षा गर्न नसकेको भन्दै उनले नेम्वाङप्रति दया लागेको पनि बताएका छन् ।

गगनले लेखेका छन्, “प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ । मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-”श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो।मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय(Legislative Intent)यस्तो हुँदै होइन”भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ। अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ”कु” हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।”

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र…

Posted by Gagan Thapa on Tuesday, 5 January 2021

 

सुवास नेम्वाङ जिम्मेवारीबाट भागेपनि सर्वोच्च अदालतले न्याय दिने गगनको विश्वास छ । उनले भनेका छन्, “संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।”

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज (बुधबार) देखि निरन्तर सुनुवाइ सुरु हुँदैछ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयविरुद्ध १३ वटा रिट निवेदन परेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजालासमा निरन्तर सुनुवाई हुने भएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्