काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रुन्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सुध्रन नसक्ने बताएका छन् ।
सत्तारुढ नेकपाका प्रचण्ड-माधव पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सच्चाउँदै गल्ती मानेर अघि बढे फेरि सहकार्य गर्दै पार्टी एकता जोगाउन सकिने बताइरहेका बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत हिटलरको उदय र जर्मनीको सर्वनाश यस्ते ढुलमुले प्रवृत्तिले भएको भन्दै इतिहास नदोहोर्याउन पनि प्रचण्डमाधव पक्षलाई सुझाएका छन् ।