जनादेश अपडेट ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार मध्यरातिदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलमा २/२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।
मृल्यवृद्धिसँगै पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९३ कायम भएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट १६ जनवारीमा प्राप्त भएको मूल्यसूचीअनुसार पेट्रोलिय पदार्थको मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।
एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।