विप्लव समूहमाथि धरपकड बढ्यो, मोरङ इन्चार्ज विक पक्राउ – Janadesh Daily | ePaper

विप्लव समूहमाथि धरपकड बढ्यो, मोरङ इन्चार्ज विक पक्राउ


जनादेश, काठमाडौँ ।

मोरङ प्रहरीले प्रतिवन्धित विप्लव समूहका मोरङ इन्चार्ज धनबहादुर विकलाई पक्राउ गरेको छ । उनी गत मंसिर २३ गते मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको प्रहरीको भनाई छ ।

हत्या भएको लामो समयसम्म पनि विप्लव समूहको सुइँको नपाएको प्रहरीले विकलाई चन्दा लिन आउँदै गर्दा विराटनगर छेउ जिल्लाको बुढिगंगा गाउँपालिकाको एक उद्योग छेउबाट पक्राउ गरेको हो ।

प्रहरीले उनी सवार मोटरसाइकलसहित, पेस्तोल, केहि थान सिम कार्ड र अन्य कागजपत्र समेत बरामद गरेको जनाएको छ ।

मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार विककै नेतृत्वमा श्रेष्ठको अपहरण भएको र घरबाट केहि पर जंगलमा पुर्याएर उनको निर्मतापूर्वक हत्या गरिएको जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्