जनादेश, काठमाडौं ।
सामाजिक सञ्जालमा भाइरल घोडाघोडी नगरपालिका-२, सानेपानी घर भएका अर्जुन विक धरौटीमा रिहा भएका छन् । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विक ५० हजार धरौटी बुझाएर छुटीसकेका छन् ।
विकमाथि आफ्नै पत्नीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो । विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । विकले भने ती बालिका आप्नो श्रीमती भएको बताउँदै आएका थिए ।
पछिल्लो समय युट्युबमा बच्चा बोक्दै रिक्सा चलाएको तस्वीर सार्वजनिक भएसँगै विक भाइरल भएका थिए । युट्युबमा अन्तर्वाता दिँदै उनले श्रीमती अरुसँगै पोइला गएको बताएका थिए ।