जनादेश अपडेट ।
मौसममा सुधार भएपनि चिसो यथावत् रहेकाले यसबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सचेत गराएका छन् । आज (सोमबार) बिहान ६ बजे ३ दिनको मौसम अनुमानसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको हो।
‘चिसो अझै रहिरहने तथा तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ’, महाशाखाको सूचना ।
मौसमविद्का अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन भने देशभर मौसम सामान्यतया सफा छ।
महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो छ :
माघ २६ गते सोमबार
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राती : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
माघ २७ गते मंगलबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
माघ २८ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।