महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान हाँस्यास्पद : डा. भट्टराई – Janadesh Daily | ePaper

महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान हाँस्यास्पद : डा. भट्टराई


जनादेश, काठमाडौँ ।

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले यो प्रावधान देशलाई मध्ययुगतिर फर्काउने हास्यास्पद भएको टिप्पणी गरेका छन् । भट्टराईले प्रतिगमन राजनीतिक मात्रै नभई सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा हुॅदै गरेको बताउँदै यसविरुद्ध सशक्त प्रतिरोध गर्न आह्वान गरेका छन् ।

उनले लेखेका छन्, ‘महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरुद्ध मात्र हैन, देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को पनि हो । प्रतिगमन राजनीतिक मात्रै हैन, सँगसँगै सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा हुँदैछ ! सशक्त प्रतिरोध गरौं ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्