जनादेश, काठमाडौँ ।
नेकपा प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्माले नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन् । सरकारको यस्तो कार्य देशलाई मुडभेटतिर डोर्याएर आफ्नो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र रहेको शर्माले बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेपछि शर्माले सो कुरा बताएका हुन् ।
‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो’ शर्माले भने ।
झाँक्रीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएसँगै निवास बाहिर चर्को नाराबाजि सुरु भएको छ ।
रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।।
— Janardan Sharma (@JSPrabhakar) February 11, 2021