बाबुरामको दृष्टिमा अहिलेको संकटका तीन कारण र त्यसको समाधान – Janadesh Daily | ePaper

बाबुरामको दृष्टिमा अहिलेको संकटका तीन कारण र त्यसको समाधान


जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिले मुलुकमा चलिरहेको संकटका तीन मुख्य कारण ‍औल्याएका छन् ।

तीनवटा संरचनात्मक कारणले संकट देखिएको भन्दै नेता भट्टराईले अहिलेको संकटको संरचनात्मक कारण र त्यसको दीगो हल ३ वटा उपाय समेत सुझाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपालमा संकट निम्तिनुको पहिलो संरचनात्मक कारण विश्वमा नयाँ शितयुद्धको थालनी र नेपालमा त्यसको प्रभाव भएको ठहर गरेका छन् । त्यसका लागि नेपालले बेलैमा नयाँ रणनीति बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन् ।

दोश्रो कारण विश्व उत्तर–पुँजीवादी चरणमा रहेको र नेपाल किनारा–पुँजीवादी चरणमा भएकोले संकट निम्तिएको बाबुरामको निष्कर्ष छ । त्यसका लागि नेपालले विश्वसँग पदचाप मिलाउनुपर्ने उनले बताएका छन् ।

वर्तमान संकटको तेश्रो कारण नेपालमा काँग्रेसमा नवउदारवाद र नेकपामा स्टालिनवादको खच्चड राजनीति देखिएको बाबुरामको आरोप छ । त्यसका लागि नयाँ समाजवादी लोकतन्त्रको विकास गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

बाबुरामले लामो समयदेखि नेपालमा तीव्र राजनीतिक ध्रुवीकरण आवश्यक रहेको र ओली सरकारलाई परास्त गर्न सबै सडकमा आउनुपर्ने बताउँदै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्