बाबुरामले लेखे- यत्रो विश्वासघात कसैले नगरोस्, देउवाप्रति कठोर कटाक्ष – Janadesh Daily | ePaper

बाबुरामले लेखे- यत्रो विश्वासघात कसैले नगरोस्, देउवाप्रति कठोर कटाक्ष


+जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले देश र जनलाईलाई धोका दिएको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी ओली शर्माको नेतृत्वमा सरकार गठन भएको ३ वर्ष पूरा भएको सन्दर्भमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले यो अवधि ठूला गफ र शून्य प्रगतिमा बितेको टिप्पणी गरेका हुन्। सरकारले सोमबार आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको थियो।

‘कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्, ‘दुईतिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसनजस्तो मात्रै रह्यो !’

उनले अगाडि भनेका छन्, ‘देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् !’

बाबुरामले चुनाव चुनाव भनिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि बाबुरामले कठोर कटाक्ष गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “आफुलाई लोकतन्त्रको पर्याय ठान्ने र संविधानसभाबाट संविधान जारी गरेको जश लिन होडबाजी गर्ने नेका संविधानका हत्यारा ओलीसंगै सती जान लागेकै हो? संविधान/लोकतन्त्र मासेर सर्वसत्तावादलाई वैधता दिने जुनसुकै चुनावमा हामफाल्ने हो भने बिपीले पंचायती चुनाव किन बहिस्कार गरेका होलान्? नेका कता?”

बाबुरामले केपी ओलीले चुनाव नगराउनका लागि मात्र घोषणा गरेको भन्दै ओलीको प्रतिगमनलाई साथ हुनेगरी चुनावको प्रचार नगर्न आग्रह गर्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्