अन्तर्राष्ट्रिय अपडेट ।
अमेरिकले झण्डै २५ वर्षपछि मंगल अभियानमा सफलता हात पारेको छ । अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ नाशाले जनाएको छ ।
Hello, world. My first look at my forever home. #CountdownToMars pic.twitter.com/dkM9jE9I6X
— NASA’s Perseverance Mars Rover (@NASAPersevere) February 18, 2021
६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान मंगल ग्रहको सतहमा अवतरण गरेको हो।
सन् १९९९ मा असफल भएको अमेरिकाले अहिलेसम्म ८ पटक सफल मंगल अवतरण गरिसकेको छ । पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने छ । यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्विट गरेको छ।
Touchdown! The #CountdownToMars is over! Members of NASA’s Perseverance Mars rover team celebrate in mission control after receiving confirmation of the arrival of @NASAPersevere to the surface of Mars! 📷https://t.co/1C6QkuRetg pic.twitter.com/uPLijL9EfX
— NASA HQ PHOTO (@nasahqphoto) February 18, 2021
अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।
सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने लक्ष्य लिएको छ। सन १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो।
मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो।