जनादेश काठमाण्डौ । नेकपा उपाध्यक्ष वामदेव गाैतमले आफूबारे भ्रामक समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका छन्। फेसबुकमार्फत नेता गाैतमले केपी ओली सरकारको नेतृत्वमा आफू जान लागेको भन्ने समाचार भ्रामक र दुराशयपूर्ण मात्र भएको लेखेका छन्।
नेता गाैतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न भएकाले ‘फेरि एकपटक’ सतहमा आएको लेखेका छन्। साथै उनले यस्ताखाले समाचारलाई विश्वास नगर्न पनि आग्रह गरेका छन्।
प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहमा नेकपा छुट्टिएपछि त्यसलाई एक गर्न भन्दै उनले देशव्यापी अभियान चलाउने बताएका थिए। सत्तारुढ नेकपा दुई कित्तामा बाँडिएपछि उपाध्यक्ष गाैतम तटस्थ रहँदै आएका छन्।