जनादेश, काठमाडौँ ।
लकडाउनका कारण बन्द भएको राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि सेवा सुचारु गर्ने भएका छन् ।
सरकारल लकडाउन अन्त्य भएको घोषणा गरेसँगै राइड शेयरिङ कम्पनीले आजदेखि सेवा सुचारु गर्न लागेका हुन् । पठाओले भने २ साता अघिदेखि अत्यावश्यक सेवाका लागि भनेर सेवा सञ्चालन गरेको थियो ।
उनीहरुले आफ्ना चालकहरुलाई मास्क, पन्जा लगायतका सामग्री उपलब्ध गराएका छन् ।