भारतबाट फर्किएपछि बाबुरामको नयाँ प्रस्ताव, कमल थापा भन्छन्-अबको प्रधानमन्त्री बाबुराम – Janadesh Daily | ePaper

भारतबाट फर्किएपछि बाबुरामको नयाँ प्रस्ताव, कमल थापा भन्छन्-अबको प्रधानमन्त्री बाबुराम


जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको राजनीतिमा नयाँ शिराबाट सहमति खोज्न आह्वान गर्नु भएको छ ।

भारतमा दश दिनको स्वास्थ्य परीक्षणपछि हिजो मंगलबार स्वदेश फर्किए नेता भट्टराईले भट्टराईले यस्तो प्रस्ताव राख्नु भएको हो ।

स्वदेश फर्किएपछि ट्विट गर्दै बाबुरामले आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको बताए। अहिलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति भएको भन्दै एक पटक ‘फरगिभ र फरगेट’को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणको प्रस्ताव गरेका छन्।

उनले लेखेका छन् । ‘अहिलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउँमा फर्कनू भने झैँ एक पटक फरगिभ र फरगेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौं…’

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिले संविधान संशोधन गर्ने, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गर्ने, विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यत: भारत/चीन/अमेरिकासँग असल सम्बन्ध बनाउने प्रस्ताव समेत गरेका छन्।

बाबुरामको प्रस्तावलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालबाटै  प्रतिक्रिया जनाएका छन् । कमल थापाले अबको प्रधानमन्त्री बाबुरामलाई बनाउन पनि प्रस्ताव गरेका छन् । कतिपयले उनको यो प्रस्तावलाई व्यङ्ग्यात्मक पनि भनेका छन् ।

 

नेपालमा परीक्षणका क्रममा न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएका भट्टराईलाई भारत रेफर गरिएको थियो। तर, परीक्षणका क्रममा उनको ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ। चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरी फाल्नु पर्ने र यदी बेलामा नै शल्यक्रिया गरी ट्युमर नफाले क्यान्सर हुन सक्ने बताएका छन्।

भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको हो। बाबुराम भारतमा रहेको समयमा नेपालमा उनी प्रधानमन्त्री बन्न सक्ने अनुमानसहितका प्रक्षेपण गरिएको थियो । सहमतीय सरकार बन्ने अवस्थामा बाबुराम प्रधानमन्त्री बन्ने कतिपयको आँकलन छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्