‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई रिहाइ गरेर वार्ता गरोस्’ – Janadesh Daily | ePaper

‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई रिहाइ गरेर वार्ता गरोस्’


जनादेश, काठमाडौँ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विप्लव समूह र सरकारबीच भएको सम्झौता स्वागतयोग्य भएको बताएका छन् ।

यस्तै, संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुने बताउँदै भट्टराईले रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूको रिहाइ माग गर्दै उनीहरूका माग सम्‍बोधन गर्न आग्रह गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ! ‘

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्