सरकार-विप्लवबीच भएको सहमतिप्रति रावलको प्रतिक्रिया ‘देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्’ – Janadesh Daily | ePaper

सरकार-विप्लवबीच भएको सहमतिप्रति रावलको प्रतिक्रिया ‘देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्’


जनादेश, काठमाडौँ ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले सरकार र विप्लव नेकपाबीच भएको सहमतिप्रति प्रतिक्रिया दिँदै शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले सरकार र विप्लव बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् भन्दै शुभकामना दिएका हुन् ।

‘नेकपा (विप्लव)शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ। सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद ,’उनले लेखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्