कम्युनिस्ट आन्दोलनको विसर्जनविरुद्ध यो अन्तिम र निर्णायक लडाईँ हुनेछ : नेतृ झाँक्री – Janadesh Daily | ePaper

कम्युनिस्ट आन्दोलनको विसर्जनविरुद्ध यो अन्तिम र निर्णायक लडाईँ हुनेछ : नेतृ झाँक्री


जनादेश, काठमाडौँ ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ज्यादतीविरुद्ध यो अन्तिम र निर्णायक लडाईँ हुने चेतावनी दिएकी छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै झाँक्रीले ओलीले चालेको कदम गलत भएको जनाउँदै कम्यूनिष्ट आन्दोलनलाई यत्तिकै विसर्जन हुन नदिने बताएकी छन् ।

ओलीले शुक्रबार आफ्ना पक्षका नेतालाई मात्र बैठकमा राखेर महासचिव बाहेकका सबै पदाधिकारी बर्खास्त र महाधिवेशनमा जाने एकलौटी निर्णय गरेपछि माधव नेपाल र झलनाथ खनाल पक्ष आक्रोशित बनेको छ ।

‘जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ,’ झाँक्रीले ट्वीटमा लेखेकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्