कांग्रेसलाई नयाँ चुनावमा जान राप्रपा अध्यक्ष थापाको सुझाव – Janadesh Daily | ePaper

कांग्रेसलाई नयाँ चुनावमा जान राप्रपा अध्यक्ष थापाको सुझाव


जनादेश, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेसलाई नयाँ चुनावमा जान सुझाव दिएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले कम्युनिष्टसँग मिलेर सरकार बनाउन अस्विकार गरी कांग्रेसलाई नयाँ चुनावमा जान सुझाव दिएका हुन् ।

गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएको भएपनि नेकपा भने कुर्सी र पैसाको झगडाले अलग भएको जनाउँदै जनतालाई धोका दिने कम्युनिस्टसँग मिलेर सरकार नबनाउन कांग्रेसलाई थापाले सुझाएका छन् ।

‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएका हुन्।नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो,जनतालाई धोका दियो।त्यही असफल/भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो छ।कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्छ,’ थापाले लेखेका छन् ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्