गृहमन्त्री बादललाई खगेन्द्र संग्रौलाको व्यङ्ग्यः हैट, नकटा ! – Janadesh Daily | ePaper

गृहमन्त्री बादललाई खगेन्द्र संग्रौलाको व्यङ्ग्यः हैट, नकटा !


जनादेश सोसलमिडिया वाच ।

विहीबार घामले तातेको काठमाडौंको माइतिघरस्थथित सडकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पलेँटी कसेर बसेका थिए । रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भए ।

बादल तिनै गृहमन्त्री हुन् जसले मन्त्री भएको महिना दिन नबित्दै २०७४ चैतमा माइतीघर मण्डलमा प्रदर्शन गर्न रोक लगाएका थिए।

गृह मन्त्रालयले २०७४ चैतमा देशैभरि विरोध प्रदर्शन गर्ने निश्चित ठाउँ तोकेको थियो। आफ्नै सरकारको पालामा थुनिएका रेशम चौधरीलाई थुनामुक्त गर्न आफै अभियानमा सहभागी भएका गृहमन्त्रीको चाला देखेर लेखक खगेन्द्र संग्रौलाले कठोर व्यङ्ग्य गरेका छन् ।

उनले ओली सत्ता जोगाउन बादलले देखाएको व्यवहारलाई लाज नभएको सज्ञा दिँदै नकटा समेत भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ओली सरका अर्दलीतुल्य गृहमन्त्री रामबहादुर थापा बादल विधिवत् निर्वाचित सांसद रेशम चाैधरीलाई थुनामुक्त गर्ने नाैटङ्की रच्दै जसपाकाे महन्थ गुटलाई ललाई-फकाई,लाेभ्याई-झुकाई ओलीतन्त्रकाे आयु र आफ्नाे जागिर लम्ब्याउन नाङ्गै सडकमा!थुन्ने आफैँ,थुनामुक्त गर्न सडकमा कुर्लिने आफैँ! हैट,नकटा!’

माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका थिए । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको थियो ।

पहिले रेशम चौधरी लगायतका मुद्दामा अनुदार रहेका प्रधानमन्त्री ओलीले अहिले सत्ता जोगाउन जसपासँग उनको रिहाइ लगायतका सहमति गर्ने तयारी गरेका छन् ।

 

यो पनि हेर्नुस्- 

माधव नेपालसहितका नेतालाई कठोर कारवाही गर्ने ओलीको तयारी

भीम रावलको संगीन आरोपः ओलीले १८ करोड हिनामिना गर्न खोजे (पूर्णपाठसहित)

स्पष्टिकरण सोध्ने ओलीलाई माधव नेपालका प्रश्नै प्रश्नः सोधे उल्टै स्पष्टिकरण (पूर्णपाठसहित)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्