जनादेश सोसलमिडिया वाच ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसारका कुनै पनि कुनामा रहेका फौजी र गैरफौजी तानाशाही स्वीकार्य नभएको बताएका छन् ।
आइतबार बिहान ट्विट् गर्दै भट्टराईले म्यानमारमा भइरहेको नरसंहारविरुद्ध लोकतन्त्र पक्षधर सबैले आवाज उठाउनुपर्ने बताएका छन् ।
अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै उनले सचेत पनि गराएका छन् । उनले ट्वीटरमा म्यानमारमा भएको सैन्य दमनको भिडियो पनि राखेका छन् ।
म्याानमारमा भैरहेको नरसंहार विरूद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं! २१औं शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन! अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ! Stop Genocide in Myanmar! Down with Military Dictatorship! pic.twitter.com/nxD2bI2R9T
— Baburam Bhattarai (@brb1954) March 28, 2021
म्यानमारमा सैनिक सत्ता विरुद्धको प्रदर्शनमाथि सुरक्षाकर्मीको बल प्रयोग बढ्दै जाँदा शनिबार एकै दिन कम्तीमा ११४ जनाको ज्यान गएको छ ।
प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा शनिबार एकै दिन बालबालिकासहित ११४ जना भन्दा बढिको ज्यान गएको हो ।
गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा घातक बन्यो ।
निरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) का अनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन् ।
एएपिपीका अनुसार ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ । म्यानमारमा फेब्रुअरी १ यता ज्यान गुमाउनेको संख्या ४०० नाखेको छ ।
अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन् ।
यो पनि हेर्नुस्- म्यानमारमा नरसंहारः एकैदिन १ सय १४ जना प्रदर्शनकारीको मृत्यु, अन्तर्राष्ट्रिय समुदाय आक्रोशित
शीर्ष नेताका नाममा योगेश भट्टराईको कडा ट्वीट, नाम नतोकेपनि कोप्रति लक्षित भन्ने स्पष्ट !