प्रधानमन्त्रीका सल्लाहकार थापाको असंवेदनशील ट्वीट, चर्को आलोचना पछि गरे डीलीट – Janadesh Daily | ePaper

प्रधानमन्त्रीका सल्लाहकार थापाको असंवेदनशील ट्वीट, चर्को आलोचना पछि गरे डीलीट


जनादेश, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’माथि सामाजिक सञ्जालमा लगातार अस्वभनिय आक्रमण गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एक घन्टामै आफूले सेयर गरेको ट्वीट डिलिट गर्नु परेको छ ।

सर्वोच्चले अध्यक्ष प्रचण्डको निवेदन पुनरावलोकन नगर्ने आदेश दिएपछि असंवेदनशील ट्वीट गरेका थापाले केही समयमै उक्त ट्वीट डिलिट गर्नुपरेको हो । थापाले प्रचण्डका छोरा प्रकशको निधनको शोकमा आर्यघाटमा रुदै गरेको फोटो राख्दै ट्वीट गरेपछि उनको चौतर्फि चर्को आलोचना सुरु भएको थियो ।

उक्त ट्वीटप्रति आलोचना गर्दै धेरै जसो मानिसले प्रधानमन्त्रीको सल्लाहकार जस्तो पदमा रहेका व्यक्तिले समेत नैतिकता बिर्सिएर असंवेदनशील ट्वीट गरेको भन्दै आपत्ती जनाएका थिए । थापाले ट्वीट डिलिट गरेपनि उक्त ट्वीटको स्क्रिन सट भने हाल सामाजिक सञ्जालमा भाइरल भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्