जनादेश सोसल मिडिया वाच ।
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले एमालेमा अन्तरसंघर्ष चर्किनुको प्रमुख दोषी वरिष्ठ नेता माधव कुमार नेपाल रहेको आरोप लगाएका छन् ।
पार्टी नै फुट्नेगरी विवाद उत्कर्षमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले नेताहरुलाई कारवाही गर्नुपर्ने अवस्था आउनुमा नेपाल दोषी रहेको निष्कर्ष सार्वजनिक गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा वस्ने विधान बनाइयो । तर नवौ अधिवेशनमा माधव कमरेड /आफै चौथो कार्यकालका लागि उमेद्वार वन्नु भो र चुनाव हार्नु भो । आज एमाले भित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ’ ।
वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा वस्ने विधान बनाइयो । तर नवौ अधिवेशनमा माधव कमरेड /आफै चौथो कार्यकालका लागि उमेद्वार वन्नु भो र चुनाव हार्नु भो । आज एमाले भित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ ।
— shankar.pokhrel (@shankarpokhrel8) April 2, 2021
उपमहासचिव घनश्याम भुसाल र अर्का नेता सुरेन्द्र पाण्डेलाई ओलीले कारवाही गरेपछि फेसबुक र ट्वीटरमार्फत २ टिप्पणी गरेका नेता पोखरेलले मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा भएको दाबी पनि गरेका छन् ।
एमालेको अन्तरसंघर्ष एकदिन यसको अन्त्य हुने आशा पनि उनले व्यक्त गरेका छन् । एकदिन यसको समाधान हुने भन्दै धैर्य गर्न आह्वान गरेका हुन्।
अध्यक्ष ओलीले माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको अवस्थामा पोखरेलको सुझावयुक्त अभिव्यक्ति आएको हो।
‘मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा हो, निश्चित समयमा अन्त्य हुन्छ,’ नेता पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘एकता र अनुशासन उद्देश्य प्राप्तिको अनिवार्य सर्त हो। धैर्य बनौं।’
सामाजिक सञ्जालमा शंकर पोखरेलको टिप्पणीले ओली पक्ष अहिलेको सबै अवस्थाका लागि अर्को पक्षलाई दोष थुपार्न तर आफू सहि रहेको सावित गर्न चाहन्छ भन्ने पुष्टि हुन्छ । शंकर पोखरेलले गल्ती दुवै तर्फबाट भएको भन्ने कुनै भाव प्रकट गरेका छैनन् ।