‘महन्त ओलीको शरणमा पुगेको सुन्नु पर्‍यो, लाजैमर्नु भो !’ – Janadesh Daily | ePaper

‘महन्त ओलीको शरणमा पुगेको सुन्नु पर्‍यो, लाजैमर्नु भो !’


जनादेश सोसल मिडियावाच ।

लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउन लागिपरेको भन्दै व्यङ्ग्य र आलोचना गरेका छन् ।

महन्थको चाला देख्दा आश्चर्य लागेको खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

`प्रधानमन्त्री ओली मधेसविरोधी भएको आरोप लगाउँदै साहित्यकार संग्रौलाले ठाकुर अहिले तिनै ओलीको चरणमा शरण परेको सुन्दा लाजमर्नु भएको ट्वीटरमा लेखेका हुन् ।

‘६२/६३को आन्दोलनमा बिरालाको घाँटीमा घण्टी बाँध्दै महन्थ ठाकुर दरबारविरुद्ध गर्जिँदा ओली सरले महन्थलाई गिज्याउँदै बयलगाडे सिध्दान्त रचेका थिए,’ शनिबार राति संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले उनै महन्थ उनै ओली उग्र मधेसविरोधी ओली सरका चरणमा शरण परेर निजको सरकार जोगाउन लागिपर्‍या छन् भन्ने सुन्दा गाँठ्ठे, लाजैमर्नु भो !’

यस अघि नागरिक डबलीमा पनि खगेन्द्रले ओलीको पछि लागेको भन्दै महन्थलाई व्यङ्ग्य गरेका थिए । महन्थले केपी ओलीको कडा आलोचना गर्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्