ओली समूहले माधव नेपाललाई खेद्न छोडेन, गोकुल बाँस्कोटाले दिए चस्करो सुझाव – Janadesh Daily | ePaper

ओली समूहले माधव नेपाललाई खेद्न छोडेन, गोकुल बाँस्कोटाले दिए चस्करो सुझाव


जनादेश सोसल मिडिया वाच ।

नेकपा एमाले विभाजन हुने क्रममा रहेकै बेला नेताहरूबीच घोचपेच बढ्दै छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षधरहरुले कारवाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाललाई खेद्न छाडेका छैनन् ।

विवाद पार्टी हुँदै भ्रातृ संस्थामा पुगिसकेको अवस्थामा आइतबार मात्रै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफ्नो समूह भएको दाबी गरेका थिए । त्यसको जवाफमा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन् ।

‘न पार्टीको नाम न चुनाव चिन्ह उसै एमाले मेरो रे ? दुइ महिना अघि सूर्य चिन्ह नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिना पछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो,’ बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘सोझै एकता गरे हुने । गाईलाई घाँस हजुर भैसीलाई कुनौरो,तल्लो बाटो हजुर हामीलाई घुमाउरो ।’

यस अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपा एमालेका नेता शंकर पोखरेलले अहिलेको एमालेभित्रको विवादको मुख्य बिन्दु नवौँ महाधिवेशन भएको र त्यसको कारण माधव नेपाल भएको आरोप लगाएका थिए ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले नवौँ महाधिवेशनमा माधव कुमार नेपाल अध्यक्षको उम्मेदवार बन्नु नै अहिलेको विवादको जड भएको टिप्पणी गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाएको भन्दै नवौँ महाधिवेशनमा नेता नेपाल विधानविपरीत अध्यक्षको उम्मेदवार बनेको आरोप पनि लगाएका थिए ।

नवौँ महाधिवेशनमा अध्यक्षका लागि भएको मतदानमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई पराजित गरेका थिए । अहिले पार्टीको विवादमा मुख्य कुरा नै त्यही हार भएको नेता पोखरेलको भनाइ छ ।

ओली पक्षीय अन्य नेताहरु पनि माधव नेपालप्रति आक्रामक देखिन्छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार एक दैनिकमा लेखेको लेखमा पनि माधव नेपालप्रति विष बमन गरेका छन् ।

 

यो पनि हेर्नुस्- 

बैकल्पिक सरकारको रस्सा-कस्सीः बाबुराम प्रधानमन्त्री बन्ने सम्भावना कति !

प्रधानमन्त्रीको अफर पाएका महन्थको झुकाव प्रचण्ड कि ओलीतिर !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्