विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी यो वर्ष कहाँ परे ? – Janadesh Daily | ePaper

विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी यो वर्ष कहाँ परे ?


जनादेश, काठमाडौँ ।

विश्वका अर्बपतिको सूची सार्वजनिक गर्ने अमेरिकी पत्रिका फोर्ब्समा सुचिकृत नेपालका एक्ला अर्बपति विनोद चौधरी यो वर्ष वर्ष २१ सय ४१ ‍औ स्थानमा पर्न सफल भएका छन् ।

फोब्र्सले सार्वजनिक गरेको विश्वभरका २ हजार ७ सय ५५ अर्बपतिको सूचिमा चौधरी सोहि स्थानमा पर्न सफल भएका हुन । ६ सय १४ अर्बपति भन्दा अगाडि रहेका चौधरीको कुल सम्पत्ती १ अर्ब ४० करोड डलर रहेको छ ।

महामारीका कारण यसपाली चौधरीको सम्पत्ती बढेको देखिएको छैन् । फोब्र्सले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष पनि चौधरीको सम्पत्ती १ अर्ब ४० करोड डलर रहेको थियो । सिजी कर्पोरेसनका मालिक समेत रहेका चौधरीको नबिल बैंक,होटल,सिजी फुड्स र वाईवाई नुडल्स चर्चित छ ।

उनको नेपाल बाहेक भारत,सर्विया, बंगलादेश र इजिप्टमा समेत वाईवाई नुडल्स उत्पादन हुन्छ । कोरोना महामारीकाबीच पनि यस वर्ष विश्वभर अर्बपतिको संख्यामा वृद्धि भएको छ । सवैभन्दा धेरै अर्बपति रहेको अमेरिकामा यस वर्ष १ सय १० अर्बपति थपिएर ७ सय २४ पुगेको छ भने चीनमा ६ सय ९८ अर्बपति पुगेका छन् । चीनमा सवैभन्दा धेरै अर्बपति बेइजीङ्गका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्