‘रअ’ प्रमुख र ओलीबीचको गोप्य सम्झौता भन्दै पत्र सार्वजनिक भएपछि तरंग, कसले के भने – Janadesh Daily | ePaper

‘रअ’ प्रमुख र ओलीबीचको गोप्य सम्झौता भन्दै पत्र सार्वजनिक भएपछि तरंग, कसले के भने


जनादेश सोसल मिडिया वाच ।
प्रधानमन्त्री र भारतीय गुप्तर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलबीच भएको भन्दै एउटा पत्र केही सञ्चार माध्यम र केही सामाजिक सञ्जालमा भाइरल भएपछि तरंग पैदा भएको छ ।

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितका भूमिका विषयमा केही नगर्ने र सीमालगायतका विषयमा वार्ता गर्ने भन्ने व्यहोरासहितको उक्त पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टीका टिप्पणी भएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारहरुले यसको खण्डन गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई जोडेर बिहीबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खेलबाडप्रति सचेत हुन सबैमा आग्रह पनि गरेका छन् ।

‘भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। विदेश मामिला जस्तो संवेदनशिल विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु’ । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि राजनीतिक अन्तरसंघर्षमा राष्ट्रलाई बदनाम गराउने षड्यन्त्रपूर्ण खेल कसैले पनि खेल्न नहुने भन्दै त्यस्तो षडयन्त्रलाई प्रोत्साहित नगर्न पनि आग्रह गरेका छन् ।

राजनीतिक अन्तर संघर्षमा राष्ट्रलाई वदनाम गराउने षडयन्त्रपूर्ण खेल कसैले नखेलौ । त्यस्तो षडयन्त्रलाई कसैले पनि प्रोत्साहित नगरौ ।

Posted by Shankar Pokhrel on Thursday, 15 April 2021

 

नेकपा हुँदा विदेश विभाग उपप्रुमख समेत रहेका एमालेमा माधव नेपाल समूहका विष्णु रिजालले पनि यस्तो गलत प्रवृत्ति विकास गरेर राष्ट्रको वेइज्जत गर्न नहुने भन्दै निन्दा गरेका छन् ।

यो समाचार सबैभन्दा पहिले उज्यालो न्यूज नेटवर्क भन्ने संस्थाले आफ्नो वेबसाइटमा प्रकाशित गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्