जनादेश, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।