जनादेश सोसल मिडिया वाच ।
जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले शनिबार धरहरा उद्घाटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालबाट दुई कडा डाइलग दिएका छन् ।
शनिबार दिउसो बाबुरामले ओलीले धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कारेको टिप्पणी गरेका थिए । भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत ‘बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कार्दैछन्’ भन्दै टिप्पणी गरे ।
डा भट्टराईले ट्वीटमा लेखेका छन्,‘लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं(तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो१बयलगाडे महावाणीहरू ओकलिंदै थिए१शक्तिकेन्द्रहरू २(खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!’
लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो!बयलगाडे महावाणीहरू ओकलिंदै थिए!शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!
— Baburam Bhattarai (@brb1954) April 24, 2021
त्यस्तै सरकार अहिलेको प्राथमिकता छाढेर अन्यत्र लागेको पनि पूर्व प्रधानमन्त्री डा. भट्टराईको ठहर छ । अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको बताउँदै उनले यसका लागि उचित कदम चाल्नसमेत आग्रह गरेका छन्।
शनिवार अवेर समाजिक सञ्जालमार्फत भट्टराईले अनावश्यक शिलान्यास र उद्घाटनको साटो अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न अपिल गरेका हुन्।
कोभिड-१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो!विश्वको हटस्पट बनेको भारतसंगको खुला सीमानामा आवस्यक व्यवस्थापन गरौं।अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं।राममन्दिर,पशुपतिका गजूर,भ्यूटावर,धरहरा बनाउॅदै गरौंला!
— Baburam Bhattarai (@brb1954) April 24, 2021
भारतीय सिमानामा आवश्यक व्यवस्थापन गरी महामारीबाट आम जनतालाई जोखाउन समेत उनले सरकारसँग आग्रह गरेका छन् ।
‘कोभिड–१९को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो! विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं,’ उनले भनेका छन्।
सरकारले अनावश्यक काममा भिडभाड गरेको भन्दै उनले अगाडि लेखेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर, भ्यूटावर, धरहरा बनाउँदै गरौंला!’
२०७२ सालको भूकम्पले भत्किएपछि नयाँ बनाइएको धरहरा प्रधानमन्त्री ओलीले शनिबार उद्घाटन गरेपछि डा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। केही समय यता बाबुराम ओली सरकार विस्थापन गर्ने वकलात गरिरहेका छन् ।