जनादेश, काठमाण्डौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिए ।
उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ ।