काठमाडौं ।
पूर्वसभामुख एवंं नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शंकर पोखरेलको नियुक्त बदर हुने भएको बताएकी छन् । उनका अनुसार आफ्नो पक्षमा ४२ जना सांसद रहेको र कीर्ते काम गरिएको छ ।
प्रदेश अध्यक्ष घर्तीले आफ्ना सांसदहरुको पनि हस्ताक्षर देखाएर पोखरेल पुनः मुख्यमन्त्री बनेको बताएकी छन् । पोखरेलले कीर्ते गरेर प्रदेश प्रमुखलाई झुक्याउनुभएको र आफ्ना ४२ जना सांसदहरु उपस्थित रहेको अवस्थामा पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना नै नरहेको उनले बताइन् ।
अविश्वासको प्रस्ताव अघि बढ्ने डरले पोखरेलले किर्ते चाल चालेको अध्यक्ष घर्तीको आरोप छ । पोखरेलसँग बहुमत नभएरै डरले राजीनामा गरेको उनको दाबी छ ।
विमला वलीले माओवादी दल रोजिसकेको अवस्थामा एमालेमा ४० जनामात्रै सांसद रहेको र बहुमत नपुग्ने उनले भनेकी छन् ।