बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो – Janadesh Daily | ePaper

बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो


डिस्पुर,आसाम ।

भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । अहिले पनि वर्षाको क्रम जारी नै छ । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको र शुक्रबार राति थप तीन जनाको शव भेटिएको बताएको हो ।

यहाँका २७ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

तीमध्ये चार हजार भन्दा बढी मानिस घरबारबिहीन नै भएका छन् । आसाममा चार सयभन्दा बढी शिविर बनाएर विस्थापित भएका मानिसहरुलाई राखिएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्