जनादेश सोसल मिडिया वाच ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंवैधानिक र गैरराजनीतिक कदमले संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने चेतावनी दिएका छन् ।
मध्यरातमा प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि नेता भट्टराईले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।
गत पुस पाँचदेखि सुरु भएको प्रतिगमनको श्रृंखला अन्तर्गत नै अहिलेको कदम आएको नेता भट्टराईको ठहर छ ।
भट्टराईले संसद विघटनको समाचार शेयर गर्दै ट्वीट गरेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं!’
भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं! https://t.co/ZLcIdOAjE2
— Baburam Bhattarai (@brb1954) May 22, 2021
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी छन्। शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १ :४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको जानकारी गराएकी छिन्।