ओलीले वाह्य शक्तिलाई खुसी पार्न जसपालाई १० मन्त्रालय दिए : भीम रावल – Janadesh Daily | ePaper

ओलीले वाह्य शक्तिलाई खुसी पार्न जसपालाई १० मन्त्रालय दिए : भीम रावल


जनादेश, काठमाडौँ ।

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य शक्तिलाई खुसी पार्न जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गरेको दावी गरेका छन् । शनिबार सामाजिक संजालमा ट्विट गर्दै रावलले केही दिन अघि आफूले गरेको व्यांग्यात्मक ट्वीमा ओलीले आफूसँग पाँच मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा अहिले सहि सवित भएको पुष्टि भएको बताए ।

‘प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाति काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ । त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो, ‘कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ,’ ट्वीटरमा उल्लेख छ ।

साथै दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनले बताए ।

‘यसमा रहेको लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस्,” रावलको माग छ । प्रधानमन्त्रीले राष्ट्रघाती, जनघाति, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नुपर्ने परिस्थितिमा पुगेका हों,’ उनले लेखेका छन् ।

सबै देशभक्त लोकतन्त्रवादी एकजुट भएर देश, लोकतन्त्र र जनताको अधिकार र हितको रक्षाका लागि अग्रसर हुन उनको आग्रह छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्