ओलीले गरेको मन्त्रिमण्डल गठनबारे कसले के भनेः सबैभन्दा कडा टिप्पणी बाबुराम भट्टराई र धनराज गुरुङको – Janadesh Daily | ePaper

ओलीले गरेको मन्त्रिमण्डल गठनबारे कसले के भनेः सबैभन्दा कडा टिप्पणी बाबुराम भट्टराई र धनराज गुरुङको


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पूर्नगठन गरेकोप्रति विपक्षी दलका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । कामचलाउ सरकारले असंवैधानिक र अलोकतान्त्रिक व्यवहार देखाउँदै मनलाग्दी गरेको उनीहरुको ठहर छ ।

पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराइले कामचलाउ प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल टुइटरमा अन्धराष्ट्रको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादको कुरा गरेर मधेशी ठग्ने कसरी एकै ठाउँ भन्दै प्रश्न गरेका हुन् ।

भट्टराइले नाकाबन्दीको कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ प्रश्न गर्दै दुवैको मुखुण्डो उत्रिएको उल्लेख गरेका छन् ।

त्यस्तै नेकपा एमालेका नेता भीम रावलले सामाजिक सञ्जाल ट्वीटरमा आफूले ५ दिन अघि नै यसबारे लेखेको उल्लेख गर्दै असंवैधानिक र राष्ट्रघाती काम ओलीबाट दिनदिनै भइरहेको आरोप लगाएका छन् ।

कामचलाउ प्रधानमन्त्रीले लोकतन्तान्त्रिक मूल्य र मान्यता विपरित मन्त्रीमण्डल पूर्नगठन गर्ने र नियुक्ति गर्ने काम गरेको भन्दै विरोध गरेका हुन् । पटक लगाएर संविधानसभाबाट संविधान जारी गरेपनि संविधान संशोधन गर्न कार्यदल गठन गर्नु राष्ट्रहित विपरित रहेको भन्दै यसको विरुद्ध सबै उत्रन आग्र समेत गरेका छन् ।

कांग्रेस नेता धनराज गुरुङले संविधान च्यात्ने र जलाउनेहरुको उपज नवगठित मन्त्रिमण्डल भएको भन्दै विरोध गरेका छन् । एउटाले मध्यरातमा विदेशी प्रभुको दर्शन गर्छ अर्कोले दिउँसै भनेर ब्यंग्य गर्दै बरदान प्रभुकै भएको टिप्पणी समेत उनले गरेका छन् ।

ट्वीटरमा गुरुङले जसले नेपाल आमाको फरिया बेचेर सत्ता जोगाउने प्रयास गर्छ,उसलाइ आमा निवर्त्र भएकोमा चिन्ता हुदैन भन्दै लेन्डुप प्रवृत्ति भएको आरोप लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्