जनादेश सोसल मिडिया वाच ।
उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएपछि बालुवाटार मख्ख देखिएको छ ।
महतोको वक्तव्यपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनको विरोध गर्नेहरुप्रति व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सल्लाहकार थापाले गठबन्धन सरकारका मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका र त्यसको पछिल्लो पात्र महतो बनेको उल्लेख गरेका छन् ।
‘प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने,’ थापाले ट्वीटरमा लेखेका छन् । उनले महतोले दुई दिनमै गल्ती सच्याएको भन्दै महतोले जारी गरेको विज्ञप्ति पनि आफ्नो ट्वीटमा पोष्ट गरेका छन् ।
मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । तर शनिबार राति एक वक्तव्य जारी गर्दै आफ्नो भनाई बंग्याएर अतिरञ्जित गरिएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डतामा आफ्नो प्रतिवद्धता रहेको उल्लेख गरेका हुन् ।
थापाले विपक्षी गठबन्धनको वक्तव्यलाई व्यङ्य गर्दै लेखेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्नलायक छ !’
प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुनेगरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महताे त्यसका पछिल्लो पात्र बने,तर दुई दिनमै गल्ती सच्याए।
महताेकाे समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूकाे बुमेराङ साँच्चै हेर्नलायक छ! pic.twitter.com/WCp1Kyxj7m— Surya Thapa (@ThapajiSurya) June 6, 2021
मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ । एमालेको नेता माधव नेपाल खेमाले महतो अभिव्यक्ति प्रति आपत्ति जनाएको थियो ।