जनादेश सोसल मिडिया वाच ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै आह्वान गरेपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको माधव नेपाल पक्षसँग ओलीलाई आम माफी दिन सकिन्छ भन्ने प्रश्न गरेका छन् ।
पार्टी २०७५ जेठ ३ मा फर्काएपछि ओलीले दुई दुई पटक गरेका संसद् विघटनलगायत सबै राष्ट्रघात माफ हुन्छन् भनेर बाबुरामले प्रश्न गरेका हुन्।
ओलीले पार्टी एकताका लागि भन्दै आइतबार पार्टीलाई असन्तुष्ट माधव नेपाल पक्षकै मागबमोजिम २०७५ जेठ २ गतेमा फर्काउने घोषणा गर्दै ६ बुँदे प्रस्ताव गरेका छन्।
डा. भट्टराईले नेपाल पक्षलाई पार्टी एकता गर्दैमा अध्यक्ष ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेको, संवैधानिक आयोगहरूमा गरिएका अवैधानिक नियुक्ति, लाखौं भ्रष्टाचार, कोरोनापीडितलाई बिल्ली पारेको जस्ता सबै कदम क्षम्य हुने हो भनेर ज्ञिज्ञासा राखेका हुन्।
बाबुरामले लेखेका छन्, ‘एमाले कणहरूसँग जिज्ञासा : तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद् विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति÷ओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको बिचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?’
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
— Baburam Bhattarai (@brb1954) June 6, 2021