जनादेश, काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना रहेको तर फेरि कम्युनिष्टका कुरा असान्दर्भिक हुने बताएका छन्।
बुधबार ट्वीट गर्दै भट्टराईले कुनै संकटले नयाँ सम्भावना लिएर आउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको प्रतिगमनको संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उल्लेख गरेका हुन्। ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि कम्युनिष्टका कुरा असान्दर्भिक भएकोले नयाँ ढंगबाट सोच्न उनले आग्रह गरेका छन्।
‘ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसेकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्टको कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ’ उनले भनेका छन्। पार्टी २०७५ जेठ ३ मा फर्काएपछि ओलीले दुई दुई पटक गरेका संसद् विघटनलगायत सबै राष्ट्रघात माफ हुन्छन् भनेर बाबुरामले प्रश्न गरेका हुन्। यसअघि ओलीले पार्टी एकताका लागि भन्दै जेठ २ गतेमा फर्काउने घोषणा गर्दै ६ बुँदे प्रस्ताव गरेपछि डा. भट्टराईले नेपाल पक्षलाई पार्टी एकता गर्दैमा अध्यक्ष ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेको, संवैधानिक आयोगहरूमा गरिएका अवैधानिक नियुक्ति, लाखौं भ्रष्टाचार, कोरोनापीडितलाई बिल्ली पारेको जस्ता सबै कदम क्षम्य हुने हो भनेर ज्ञिज्ञासा राखेका थिए ।