जनादेश, काठमाडौँ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरूको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएकोे स्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोन संक्रमण पुष्टि भएको हो ।
हालसम्म देशभर १२० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ भने १०० जना कोरोना मुक्त भइसकेका छन् ।